Advertisement
Advertisement
Advertisement

जागिरबाट हटाएको निहुँमा उद्योग म्यानेजरको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक

रियल खबर अनलाईन मंसिर १४, बारा — हत्या आरोपमा वीरगन्ज महानगरपालिका–२२ मनियारी घर भई उद्योगमा कार्यरत २२ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह तुराहालाई पक्राउ गरिएको हो । प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज पानी उद्योगका म्यानेजर रामकिशोर सिंहको हत्या आरोपमा पक्राउ परेका उद्योगकै सवारी चालकसहित दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

सर्लाहीको धन्कौल गाउँपालिका २ धन्कौल गाउँका ५० वर्षीय सिंहको गत बिहीबार राति उद्योगबाट केही पर लगेर घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उनको शव शुक्रबार बिहान भेटिएको थियो ।

हत्या आरोपमा वीरगन्ज महानगरपालिका–२२ मनियारी घर भई उद्योगमा कार्यरत २२ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह तुराहालाई पक्राउ गरिएको हो । उनीहरु दुवै जना भारततिर भाग्ने क्रममा पर्साको पश्चिमी समिावर्ती क्षेत्र भिस्वा बजार आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक खेम नेपालले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement