निर्वाचन आयोगमा १० हजार तिरे मतदाता नामावली पाइने – राजनीतिक दललाई शुल्कसहित विवरण उपलब्ध गराइने व्यवस्था…
रियल खबर अनलाईन | २५ पुस, काठमाडौं-निर्वाचन आयोगले देशभरका मतदाताको विवरण आवश्यक परेमा कुनै पनि राजनीतिक दललाई निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका अनुसार देशव्यापी मतदाता नामावली लिन इच्छुक दलले रु १० हजार शुल्क तिर्नुपर्नेछ। निर्वाचन प्रयोजनका लागि आयोगमा विधिवत रूपमा दर्ता भएका राजनीतिक दलले दलको…






